पर्यटन/संस्कृति

माघेसंक्रान्तिको अवसरमा खोटाङको बराहापोखरी भन्ज्याङमा भव्य मेला लाग्दै

खोटाङ । माघेसंक्रान्ति नजिकिँदै गर्दा विभिन्न जिल्लाहरुमा आफ्नै तरिकाले तयारी जुटाउन थालेका छन् । मगरहरुको महान चाड भनेर चिनिने यस माघेसंक्रान्तिमा मगरहरुको आफ्नो विहिन्न खालका नाचहरु देखाउने गर्छन् । यस चाडमा तराइका जिल्लाहरुमा घोगी बनाएर खाने प्रचलन छ ।

आफ्नो क्षेत्र अनुसारका रुपमा मनाउने यस माघेसंक्रान्ति खोटाङको बराहापोखरी गाउँपालिका वडा नं.२ भन्ज्याङमा पनि विभिन्न कार्यक्रमहरु गर्ने भएका छन् । जनजागृति युवा क्लब बराहापोखरी भन्ज्याङ खोटाङको आयोजनामा सदाको वर्षझैँ यस वर्ष पनि हुर्रा मारुनी सालैज्यु प्रतियोगिता गर्न लागेको प्रकाश मगरले जानकारी दिए ।

माघ १ गते  सदाको वर्षझैँ यस वर्ष पनि बृहत रुपमा हुर्रा, मारुनी र सालैज्यु प्रतियोगिता गर्न लागेको मगरले जानकारी दिए । माघेसंक्रान्ति मेलाका साथै यस प्रतीयोगीता गर्न लागेको मगरले बताए विभिन्न क्लबहरुलाई हुर्रा, मारुनी र सालैज्युको तयारी गरेर उक्त मेलामा सहभागी भईदिनसमेत मगरले आग्रह गरे ।

मगरहरुको सस्कार, सस्कृति अनुसारको हुर्रा नाचहरुसहित आयोजना गर्दै आएको जनजागृति युवा क्लबले यस वर्ष पनि आफ्नो सस्कार, सस्कृति र चाड अनुसार मनाउने लागेका हुन् । क्लबले यस प्रतियोगितामा सहभागी क्लबहरुलाई पुरस्कारसमेत प्रदान गर्नेछन् । उक्त मेलामा मगरहरुको ड्रेस अथवा पहिरनमा सजियर मगरहरुको बाक्लो उपस्थिति हुने गर्छन । मगरहरुको पहिरनमा हुर्रा नाचसमेत नाच्ने गर्छन ।