राजनीति

कांग्रेस मात्रै भरोसाको केन्द्र भन्दै ७०० नेकपाका युवा कांग्रेसमा उर्लिए, डा. कोइरालाले गरे स्वागत

बिराटनगर । विभिन्न पार्टीका कार्यकर्ताहरु पार्टी परित्याग गरेर ७ सय भन्दा बढी कार्यकर्ताहरु नेपाल तरुण दलमा प्रवेश गरेका छन् । आज नेपाल तरुण दल मोरङ् र सुनसरीको संयुक्त आयोजनामा बिराटनगरमा भएको एक कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रदेश प्रमुख सचेतक केदार कार्की, क्रान्तिकारी नेता वसन्त भट्टराईले तरुण दलको झण्डा, अबिर लगाएर उनीहरुलाई स्वागत गरेका हुन् ।

तरुण दलमा प्रावेश गरेका युवाहरुले उक्त कार्यक्रममा बोल्दै दुईतिहाइ सरकारले युवाहरुलाई बालुवाको ललिपप देखाएर झुक्काएको, महंगी बढाएको, युवाका नाउमा पहुचवाला आसेपासे मात्रै पोसेको बताए । उनीहरुले मुलुककै पुरानो शक्तिशाली प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले मात्र अहिलेको सबै समस्याहरुलाई सम्बोधन गर्ने बताए ।