अन्तर्राष्ट्रिय

इरानलाई संयमता अप्नाउन म्यार्कों र पुटिनको आग्रह

एजेन्सी । इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ । इरानका सवै पक्ष विपक्षलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नै संयमता अप्नाउन उनीहरुले आह्वान  गरेका छन् ।

खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशहरुसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि उनीहरुले आग्रह गरेको बताइएको छ । दुई नेताबीचको शुक्रबारको वार्तामा पछिल्लो परिस्थितिको छलफल भएको बताइएको छ ।

राष्ट्रपति म्यार्कोंले सन् २०१५ मा परमाणु सम्झौतामा हस्ताक्षर भएको बारेमा थप समन्वय गर्न आवश्यक रहेको बारे जोड दिए । केहीदिन अघि बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि इराक, इरान र अमेरिकाकाबीचमा विबाद थप चर्किदै गएको छ । अमेरिका र इरानका शिर्ष नेताहरुले एक अर्कोलाई चेतावनी दिने गरेका छन् ।