अन्तर्राष्ट्रिय

जनरल सोलेमानी मारिएसँगै प्रदर्शन चर्कियो, ६ जनाको मृत्यु

एजेन्सी । इरानमा कमाण्डर जनरल कासिम सोलेमानी इराकमा मारिएसँगै प्रदर्शन चर्किएको छ । साथै अमेरिकाले पनि आफ्नो अप्रेसन रोकेको छैन ।

सूचना अनुसार अमेरिकी ड्रोनले शुक्रबार मध्यरातसम्म उत्तरी बगदादमा सिया विद्रोही संगठन –पपुलर मोविलाइजेसन फोर्स (पीएमएफ) माथि हमला गरेको थियो । यस हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार बगदादको पूर्वस्थित ताजी सहरमा मानिसहरूले ठूलो धमाकाको आवाज सुनेका थिए । अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले शुक्रबार मध्यरात इरानी जनरलविरुद्ध गरिएको कारबाहीबारे पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा उनले भने, ‘जनरल कासिमलाई मार्ने निर्णय दुई देशबीचको सम्भावित युद्ध रोक्नका लागि गरिएको थियो । न कि शुरु गर्नको लागि ।’

उनले अमेरिकी सेनाको अचुक हमलाबाट विश्वको एक नम्बर आतंकी जनरल सोलेमानीको मृत्यु भएको जानकारी गराए । यसका साथै त्यस क्षेत्रमा आतंकको राज अन्त्य भएको घोषणा पनि ट्रम्पले गरे । ट्रम्पले अघि भने, ‘कासिम सोलेमानी अमेरिकी अधिकारी र सैनिमाथि आक्रामणको योजना बनाइरहेका थिए । तर हामिले उनलाई पक्र्र्यौं र मार्न सफल भयौं ।’

सोलेमानीको मृत्युपछि मध्यपश्चिम एसियाली देशबीच अब वर्चश्व नभई युद्ध शुरु हुनसक्ने जानकारहरू बताइरहेका छन् । अमेरिकाले खाली देशमा राखिएका शैन्य बेसको सुरक्षा बढाएको छ । इराकमा ५ हजार अमेरिकी सैनिक तैनाथ छन् ।