राजनीति

राप्रपाको काँग्रेसका सिनियर नेतालाई प्रश्नः पृथ्वीनारायणको सट्टा किन गान्धी जयन्ती मनाएको ?

काठमाडौं । राप्रपाका नेता मोहन श्रेष्ठले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, नेता कृष्ण प्रसाद सिटौला तथा पत्रकार पुरुसोत्तम दहाल लगायतको तस्विर राखेर भारतीय नेता माहात्मा गान्धीको जन्मजयन्ती मनाईरहेको तस्विर देखाउँदै नेपाल राष्ट्रका निर्मातासँग तुलना गरेका छन् । उनले तुलना गर्दै नेपालमा भारतीय नेता माहात्मागान्धीको जन्मजयन्ती मनाउने काँग्रेसले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाए हुने नि भन्ने प्रश्न गरेका छन् । नेता श्रेष्ठको ट्वीटलाई राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गरेका छन् । पौष २७ गते आउँदै गरेको बृथ्वी जयन्तीमा उक्त बिषय सान्दर्भीक देखिन्छ ।

पृथ्वी जयन्ती, काँग्रेस र माहात्मा गान्धीको फोटोसहित काँग्रेसलाई राप्रपाको व्यँग्य, कमल थापाको रिट्वीट

अध्यक्ष थापाले, ‘राष्ट्रनिर्माताको सम्मानले प्रत्येक नेपालीको प्रगती, प्रशिद्धी र प्रतिष्ठाको अभिबृद्धि हुनेछ, राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्ति पौष २७ गते भव्यरुपले मनाऔं’ भन्दै सार्बजनिक अपील गरेका छन् । राप्रपाले पौष २७ गते सरकारसँग सार्बजनिक बिदा दिन मा समेत गर्दै आएको छ । उक्त तस्विर महेन्द्रं नारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको देखिएको छ ।  नेता श्रेष्ठ राप्रपाका प्रवक्ता र अध्यक्ष थापाका निकटका व्यक्ती हुन् । 

मोहन श्रेष्ठले उक्त फोटोमा यस्तो लेखेका छन्ः के राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा पनि यसरी माल्यार्पण गरेर, श्रद्धा र सम्मान गरेर नेपाली इतिहास प्रति गौरवान्वित हुन सक्दैन नेपाली कांग्रेस??