मनोरञ्जन

गायक तथा संगीतका पुस्कर सुनुवारको नयाँ गीत मन जलेर सल्किदै सार्वजनिक

काठमाडौँ । गायक, संगीतका, र संगीत संयोजक, पुस्कर सुनुवारको आवाजमा अर्को मर्मश्पर्शी गीतको भिडियो बाजारमा आएको छ । गायक पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमिहरुमाझ मन जलेर सल्कींदै बोलको गीतको भिडियो नेपाली गीत संगीत प्रेमिहरुमाझ ल्याएका छन् ।

उक्त गीतमा गीतकार होम किरांत’को शब्द, संगीतकार डीबी लामाको संगीत र गायक स्वयम् पुस्कर सुनुवारको संगीत संयोजन र आवाज रहेको छ। गीतको भिडियोलाई केशव बिस्वकर्मा’ले खिचेका हुन् भने, मोहन सुनुवारले उक्त गीतको भिडियोलाई सम्पादन गरेका हुन् ।

गीतको भिडियोलाई गायक स्वयम् पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

गितको भिडियोः