मनोरञ्जन

युवराज चौलागाईँ नयाँ स्वादको गीत लिएर आए

काठमाडौं । गायक युवराज चौलागाईं नयाँ गीत लिएर बजारमा आएका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ गीत ‘मल मल सारी’ लिएर आएका हुन् । गीतमा स्वर तथा संगीत स्वयम् गायक युवराजकै रहेको छ । उक्त गीतको शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकले संयुक्तरूपमा लेखेका छन् ।

नेपाली संगीतलाई तिमीलाई के भनुँ, हारेँ हारेँ, तिम्रा डोला डोला हातमा, तिम्रो माया पाउनलाई, लैजा चरीलगायत दर्जनौँ सुपरहिट गीत दिइसकेका चौलागाईँ पार्श्व गायनमा पनि उत्तिकै जमेका गायक हुन् ।

गत साता सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज स्वयम् फिर्चड छन् । म्युजिक भिडियो सुदिप बरालले छायाङ्कन गरेका हुन् भने सम्पादन अर्जुन जिसीले गरेका हुन् । भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् ।

गितको भिडियोः