राजनीति

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को एकता प्रक्रिया टुंगियो

काठमाडौं । लामो कसरत पछि बल्ल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले पूर्णता पाएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता भएको झण्डै दुईवर्ष पछि दुई पार्टीका विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को एकता प्रक्रियाले पूर्णता पाएको हो ।

नेपाली विद्यार्थी आन्दोलनका दुई ठूला विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु –क्रान्तिकारी० को एकता प्रक्रिया टुंगो लागेको हो   । अनेरास्ववियुका फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङको उपस्थितिमा बसेको फ्याक्सन कमिटिको बैठकले एकता प्रक्रिया टुंगो लगाएको हो ।

अनेरास्ववियुको कूल ३३५ सदश्यीय केन्द्रीय कमिटिमध्ये साजिक अनेरास्ववियुबाट १८० र साविक अनेरास्ववियु (क्रान्तिकारी) बाट १५५ जनाको प्रतिनिधित्व गराउने निर्णय भएको छ ।

अनेरास्ववियुको केन्द्रीय कमिटिमा सचिवालय १११ सदस्यीय स्थायी कमिटि ४५ सदस्यीय रहने प्रावधान रहेको छ । केन्द्रीय कार्यालय कहाँ रहने भन्ने विषयमा निर्णय भइुसकेको छैन ।

संगठनमा केन्द्रीय कमिटिका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी तीनवटा केन्द्रीय निकाय रहनेछन् । प्रत्येक आयोग अध्यक्ष र सचिवसहित २१ सदस्यीय हुनेछन् ।  संगठनले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।