सामाजिक सञ्जाल

सभापती देउवा कुनै एक व्यक्तीको मात्रै नभई सबैको अभिभावक बन्नुपर्छः नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सभापती कुनै एक व्यक्तिको मात्रै नभई पाटीकै अभिभावक बन्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता भण्डारीले पछिल्लो समय पार्टीमा असन्तुष्ट पक्षलाई वेवास्ता गरी सभापती देउवाले एकलौटी निर्णय गरेपछि नेता भण्डरीले यस्तो बताएका छन् ।

सानो उपगुटले पार्टीलाई कहाँ सम्म लैजान्छ भन्ने चेतावनी दिँदै उनले उप्ठेरो समयमा निकाश दिने नेतृत्व आजसम्म कांग्रेसले नै गरेको बताएका छन् । नेपालमा राजनिति गर्नेहरुमा सबैले आफनो भलाई सोच्ने बताउँदै उनले सबैले घर गाडी जोडे अब के गर्ने ? भन्दै प्रश्न गरृेका छन् ।

 

उनको ट्वीटरः पार्टी सभापती ज्यू सबैको अविभावक हुनु पर्दछ । सानो उपगुटले कहाँ सम्म लैजाने हो १११ अपठारो समयमा निकाश दिने नेतृत्व आजसम्म काग्रेसलेनै गरेको हो । सुण्डमुसुण्ड संग डराएर भन्न मिलेन । वरीपरीका सबैले घर गाडी घोडा जोडी सकेका छन् । नेपालका सबै राजनीति पार्टीमा यो सस्कृति मौंलाएको छ । अब के गर्ने ?