राजनीति

बीपी/शुवर्ण/गणेशमान/किशुनजीलाई सम्झिदै त्यागसहित गुट हटाउन नेता गुरुङको नेतृत्वलाई सल्लाह

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले हामीले प्रधानमन्त्री वा मन्त्री हुन राजनीति गरेका होईनौ भनेको स्लोगनलाई सम्झेका छन् । काँग्रेसमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचनद्र पौडेलबीचमा भएको विवादमा एकले अर्कोलाई सहयोग गरेर देश र लोकतन्त्र बलियो बनाउन नेताहरुले एकले अर्कोलाई त्याग गनुपर्ने समय आएको नजिर स्वरुप उनले उदाहरण प्रश्तुत गरेका छन् ।

उनले २०१६ सालमा शुवर्ण शम्सेर राणाले वीपी कोईरालालाई संसदीय दलको नेतामा प्रस्ताव गेको र २०४७ सालमा गणेशमान सिंहले सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई सिफारिस गरेको उदाहरण उनले प्रस्तुत गरेका छन् ।

पछिललो समयमा ११ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले पौडेल पक्षले बहिस्कार गरेको बैठकबाट निर्णय गरेपछि सभापति देउवा र पौडेल पक्षबीच झण्डै पानी बाराबारको अवस्था श्रजना भएके अवस्थामा काँग्रेसभित्र खरो स्वभाव राख्ने नेताका रुपमा चिनिएका नेता गुरुङले उक्त असन्तुष्टी दर्शाउदै तुलना गरेका छन् ।

उनले आफ्ना संस्थापक नेता बीपी कोईराला, शुवर्ण शम्सेर राणा, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईसंग जोडेर अहिलेको नेतृवले त्याग गर्नुपर्ने धारणा प्रश्तुत गरेका छन् । उनले, ‘राजनीति जोगी बन्नलाई गरिंदैन’-कसको भनाई होला भन्दै उत्शुकतापूर्ण प्रश्न पनि सोधेका छन् । 

उनको ट्वीटः ‘हामीले राजनीति मन्त्री हौंला,प्र।म।हौंला भनेर गरेका होइनौं।’- वीपी
‘२/३बहुमतको अभियन्त वीपी हुन्। दलको नेतामा वीपीको नाम प्रस्ताव गर्छुू’ सुबर्णस २०१६ सालमा
‘महाराज! म प्र.म. बन्दिनँ। कृष्ण प्र. भट्टराईलाई बनाइबक्स्योस्’- गणेशमानस २०४७ सालमा
‘राजनीति जोगी बन्नलाई गरिंदैन’-कसको भनाई होला ?