अन्तर्राष्ट्रिय

अमेरिकाले विनाशकारी युद्ध निम्त्यायो- इराक

एजेन्सी । अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना वरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका छन् । इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उनले भने– यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण हो । 

यस अमेरिकी हवाई आक्रमणमा परी इराकका अर्धसैनिक बलका उप प्रमुख प्रमुख अबु महदी अल मुहान्दिस र इरानका एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएका हुन् । कार्यवाहक प्रधानमन्त्री महदीले यस हावाई कारबाहीले इराकी भूमिमा अमेरिकी सेनाको उपस्थितिलाई आपत्तिजनक भएको पनि बताएका छन्  ।

अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टि गरेको थियो ।