पर्यटन/संस्कृति

काठमाडौंतर्फ उडेका दुई विमान जनकपुरमै रोकिए..

काठमाडौं । यति एयरलाइन्सका दुईवटा विमान प्रतिकुल मौसमका कारण जनकपुरधाममा आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्ज तथा तुमलिङ्गटारबाट काठमाडौंका लागि उडेका दुई विमान आकस्मिक रुपमा जनकपुरतर्फ डाइभर्ट गरिएको हो ।

कठमाडौंमा निरन्तर परेको पानीका कारण अवतरणमा समस्या आएपछि जनकपुरमा अवतरण गरिएको जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले बताए ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश खुल्ला नभएकोले विमान डाइभर्ट गरी जनकपुर पुगेको ढकालले बताए ।

उनका अनुसार त्रिभुवन विमानस्थलको आकाश हाल खुल्दै गएकाले नेपालगञ्जबाट उडेको विमान केही समयपछि काठमाडौं तर्फ उडिसकेको छ । तुम्लिङ्टारबाट आएको विमान भने केहीबेरपछि उड्ने तयारीमा रहेको छ ।