समाचार

प्रहरीले आन्दोलनरत किसानहरूलाई आगो ताप्न समेत दिएन, पत्रकारलाई पनि दियो धम्की..

सर्लाही । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल्स र सर्लाहीमै रहेको महालक्ष्मी सुगर मिल्सले २०७० साल देखिको बक्यौता नदिएपछि सय जना भन्दा बढी किसान माइतीघरमा धर्ना बसिरहेका छन् । सर्लाहीका झण्डै १४ हजार किसानको ७१ करोडको बक्यौता रहेको उनीहरू बताइरहेका छन् ।

आज(शुक्रबार) बिहानैदेखि परेको वर्षाका बाबजुद  किसानहरु माइतीघर मण्डलामा सरकार गुहार्दै धर्ना दिइरहेका छन् । आज किसानहरू पानीले भिजेपछि आगो ताप्दै धर्ना बसिरहेका थिए । तर उनीहरूले तापेको आगो फालिदिएर प्रहरी पत्रकारहरू माथि समेत जाइलागेका छन्

“पत्रकार हुँ भन्दै फोटो खिच्न नपाइने बताउँदै “हाम्रो अनुमति चाहिँदैन ? हाम्रो अनुमति बिना किन फोटो खिच्ने ?,” भन्दै प्रहरीले पत्रकारमाथि नै  धम्किपूर्ण भाषा बोलेको थियो ।  “जे पायो त्यहि तेर्साउन पाईदैन, पत्रकार भन्दैमा हुन्छ ? बढ्ता हुनुहुन्छ..” यो प्रहरीको बोली थियो  

एक अनलाइन मिडियाकर्मीलाई  प्रहरीले धम्की दिएपश्चात धर्नामा बसेका किसान र उनीहरुलाई समर्थनका लागि माइतीघर पुगेका सर्वसाधारणले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।