पु.समाचार

काँग्रेस साँसद शाहलाई पक्राउ गर्ने तयरीमा प्रहरी, शाह भन्छन् लगाईएका आरोप सबै झुटा

कपिलबस्तु । नेपाली काँग्रेसका साँसद अभिशेक प्रताप शाहबिरुद्ध पक्राउ पुजी जारी गरेको छ । अदालतले पक्राउ गर्न स्वीकृति दिएपछि काँग्रेस साँसद शाहलाई प्रहरीले प्रक्रा गर्न लागेको जिलला प्रहरी कार्यालय कपिलबस्तु प्रहरीले जनाएको छ । राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले साँसद शाहका बिरुद्धमा ज्यानमार्ने उद्योग सम्बन्धी निबेदन दर्ता गरेपछि उनलाई पक्राउ गर्न बाहिरबाट दबाब आएको थियो ।

०६४ सालमा उपेन्द्र यादबले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमबाट कान्छा सभासद बनेका शाह पछिल्लो निर्बाचनबाट नेपाली काँग्रेस प्रवेश गरेर साँसदमा बिजयी भएका थिए । साँसद शाहले विज्ञप्ती जारी गर्दै आफूमाथी ल गाईएका सम्पूर्ण आरोपहरु झटा भएको बताएका भएपनि प्रहरीले प्रक्राउ गरी अनुसंधानको दायरामा ल्याउने तयारी गरेको छ ।

नेता मिश्राले आफूलाई साासद शाहले ज्यान मार्ने उद्येश्यमा मुखमा बन्दुक कोचेको र त्यसका कारण दाँत नै हल्लिएको बताएका छन् ।