अन्तर्राष्ट्रिय

अमेरिकी हमलामा ईरानी जनरल मारिए, तेलको मूल्य बढ्न सक्ने आशंका

एजेन्सी । अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इलाइट इस्लामिक रेबुल्स्नरी गार्ड कप्स (आइआरजीसी)का प्रमुख  जनरल कासिम मारिएका छन् । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै अमेरिकाद्वारा  भएको आक्रमणमा परि  फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

विभागका अनुसार यो हमला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो । अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले कासिम सोलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि निर्णायक र रक्षात्मक कारबाही गरेको छ। यो कारबाही भावी इरानी आक्रमण योजनालाई कमजोर बनाउन लक्षित थियो।’

अलजजीराको  रिपोर्ट अनुसार सोलेमानीको अलावा शुक्रवार भएको हमलामा इराकी मिलिशिया कमान्डर अबू महदी अल-मुहान्दिस पनि मारिएको  पुष्टि   भएको छ । यस घटनाले निकट भविष्यमा इरान र अमेरिकाबीच ठुलो तनाव आउन सक्ने जनाइएको छ । सोलेमानीको मृत्युसँगै  शुक्रबार तेलको मूल्यमा  ४ % बढोत्तरी भएको छ । साथसाथै इरानी नेता खुमेनीले अमेरिकी कारबाहीको  उचित समयमा बदला लिनेछ भन्ने प्रारम्भीक प्रतिक्रियासंगै मध्यपूर्वमा तेलको आपूर्तिमा अवरोध खडा हुन सक्ने चिन्ता बढेको छ । बजारमा डर छ ईरानले मध्यपूर्वमा अमेरिका र तिनका सहयोगीहरूको सम्पत्तिमा हमला गरी उसले आफ्नो शिर्ष सैन्य प्रमुखको हत्याको प्रतिकार गर्न सक्छ भन्ने चिन्ता अमेरिका र इरानमा सँगसँगै फैलिएको छ । 

The US claimed responsibility for an air raid in Baghdad that killed General Qassem Soleimani, the head of Iran's elite al-Quds force, raising fears that oil supplies could be disrupted in the Middle East [File: Haider al-Assadee/EPA]

 सोलेमानी को थिए ?

इरानले सोलेमानीको अमेरिकी हेलिकप्टर आक्रमणमा मृत्यु भएको बताएको छ । बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो।

 सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सोलेमानीको हातमा थियो । सो दस्ताले इरानको निम्ति देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ । जनरल सोलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको संघर्षमा विशेष भूमिका खेलेका थिए । उनी सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा लडेका थिए। साथै उनी कट्टर अमेरिका विरोधी र एक सच्चा  राष्ट्रभक्त थिए  ।