राजनीति

शासाँक र शेखरसँग एकदम राम्रो छ, परिवारबाद भन्दा पार्टीमा योगदान महत्वपूर्णः नेतृ कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सूजाता कोईरालाले शसाँक कोईराला, डेशर कोईराला संग आफ्नो बिबाद रहेको भन्ने कुरा कपोलकल्पीत भएको बताएकी छन् । उनले काँग्रेसमा परिवार भन्ने भन्दा पनि कसले कति योगदान गरेको छ भन्ने महत्वपूर्ण हुने र त्यसको कार्यकर्तँ र जनताले मूल्याँकन गर्ने दाबी गरिन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोईरालाले काँग्रेसमा भएको सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको बिबादले पार्टीलाई भविश्यमा जिरोको अवस्थामा ल्याउने भन्दै तत्काल त्यस्ता गुटबनदीको अन्त्य गर्नुपर्ने विचार राखेकी छन् । प्रेश यूनियन रुपन्देहीले बुटबलमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुटभन्दा काँग्रेस महत्वपूर्ण भएको दाबी गर्दै काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने उनको तर्क छ ।

सभापति देउवाले बिभिन्न बिबादास्पद निर्णय गर्दै पुनः सभापति बन्ने लोभमा पार्टी समाप्त पार्न खोजेको बताउँदै त्यसका लागि देशभरका काँग्रेस कार्यकर्ता चनाखो भएर लाग्नुपर्ने उनले बताईन् । नेतृ कोईरालाले काँग्रेस ब्यक्ती भन्दा संस्था महत्वपूर्ण हुने हुँदा पार्टी सखाप पार्न खोज्ने राजनीतिक चरित्रले जनतालाई त हात काम्छ नै आफूलाई पनि रुखमा भोट हात काम्न सक्ने अवस्था आउन सक्ने उनको भनाई छ । नेतृ कोईरालाले आफूलाई यस्तै हर्कत गर्दै नेतृत्वले अगाडी बढेको देखिरहदा गिरिजा प्रसाद कोईरालाकी छोरी भन्न समेत लाज लाग्ने हुन सक्ने उनले बताईन् ।

काँग्रेसलाई बलियो बनाउन सभापति देउवाले सकृयता देखाउनुपर्ने र जसरी पनि मिलाएर लानुपर्ने नेतृ कोईरालाको तर्क छ ।