प्रवास

एनआरएन ले काठमाडौंका विभिन्न चोकमा सार्वजनीक सौचालय निर्माण गर्दै

काठमाडौं । गैर आवासिय नेपाली संघ एनआरएनले काठमाडौंका विभिन्न चोकहरुमा सार्वजनीक सौचालय निमार्ण गर्ने भएको छ । समार्वजनिक सौचालयको समस्यालाई मध्यनजर गर्दै उक्त कार्यको थालनि गर्ने भएको हो ।

एनअनरएनका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त कुरा उल्लेख गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत सौचालयको ढाँचा सार्वजनीक गर्दै अध्यक्ष पन्तले सबैको सल्लाह र सुझाव माग गरेका छन् ।

 

उनको ट्वीटरः गैरआवासीय नेपाली संघ (#NRNA) ले काठमाडौँ उपत्यकाका विभिन्न चोकमा बनाउन लागेका शौचालयको प्रारम्भिक ढाँचा । यहाँहरूसँग पनि कुनै सुझाव, प्रविधि वा नवीन उपाय छन् भने हामीसँग हातेमालो गर्न सक्नुहुनेछ ।