अन्तर्राष्ट्रिय

क्याटलोनियाली नेताको सुपुर्दगी मुद्दा निलम्बन

एजेन्सी । यूरोपेली संसद सदस्य निर्वाचित क्याटलोनियाली नेताको सुपुर्दगी मुद्दालाई बेल्जियमको अदालतले बिहीबार निलम्बन गरेको उनीहरूका वकीलले जनाएका छन् ।

स्पेनको क्याटलोनिया राज्यलाई स्वतन्त्र बनाउने अभियानमा लागेका ती नेताहरूविरूद्ध पक्राउ गरी सुनुवाईका लागि स्पेनमा सुपुर्दगी गर्न स्पेनले गरेको आग्रहलाई एक जना बेल्जियन न्यायाधिशले रद्द गरिदिएका हुन् ।

क्याटलोनियामा सन् २०१७ मा भएको जनमतसङ्ग्रहमा स्वतन्त्रताको पक्षमा मतदान भएपछि त्यहाँको तत्कालिन क्षेत्रीय सरकार प्रमुख रहेका काल्र्स पुज्डमोन र स्वास्थ्यमन्त्री टोनी कोमिन गत मेमा भएको निर्वाचनमा यूरोपेली संसदको सदस्य निर्वाचित बनेका थिए ।

यूरोपेली न्यायिक अदालतले क्याटलोनियाली नेताद्वयको मुद्दामाथि गत महिना ९डिसेम्बरमा० सुनुवाई पछि उहाँहरूलाई अभियोगबाट छुटकारा गर्न आदेश दिएको पुज्डमोनका वकीलले बताए ।