खेलकुद

लिभरपुल अपराजित रहँदै बर्षभरी लिग तालिकाको शीर्ष स्थानमा

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल अपराजित रहँदै बर्षभरी लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । लिभरपुलले सेफिल्ड युनाईटेडलाई हराएको छ । बिहिबार घरेलु मैदान एनफिल्डमा लिभरपुलले सेफिल्डमाथि २–० को सहज जित निकालेको हो ।

लिभरपुललाई निरन्तर जित दिलाउन साडियो माने र मोहमद सलाहाले एक एक गोल गरे । उसले लिगको सम्भावित ६० अंकमा मात्र दुई अंक गुमायो । मोहमद सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

साडियो मानेले ६४ औ मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ । उसले लिगमा १३ अंकको अग्रता लिएको छ ।

दोस्रो स्थानको लेस्टरको ४५ अंक छ । तेस्रो स्थानको म्यान्चेष्टर सिटीको ४४ अंक छ । नयाँ बर्षको सुरुवातमा दुवै टिमले जित दर्ता गरेका थिए ।सेफिल्ड २९ अंक सहित तालिकाको आठौं स्थानमा छ ।