राजनीति

यसकारण बस्दै छ देउवा र डा. भट्टराईको बैठक..

काठमाडौं  । नेपाली कांग्रेसले समाजवादी पार्टी नेपालसँग गठबन्धन गर्ने तयारी गरेको छ।

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमासमाजवादीसँग गठबन्धन गरेर अघि बढ्न शुक्रबार छलफल राखेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । उनले भने, “सत्तारूढ नेकपाबाहेक दलसँग सहकार्य गरेर अघि बढ्न सकिन्छ । कांग्रेस-समाजवादी भोलि बैठक छ ।”

उपेन्द्र यादव नेतृत्वको सरकार हालै  सरकारबाट बाहिरिएको थियो । केन्द्रीय परिषद् अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एक साताअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभामा गठबन्धन गरेर जाने प्रस्ताव गरेका थिए ।

कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।