आर्थिक

राष्ट्र बैंकको प्रवक्तमा डा. भट्ट नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकको प्रवक्तासमेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला उमेरहदका कारण अवकाश लिने समय आई विदामा बसेपछि गर्भनर चिरञ्जीवी नेपालले आज भट्टलाई प्रवक्तामा नियुक्त गरेका हुन् ।

राष्ट्र बैंककाअनुसार कार्यकारी निर्देशक डा. भट्टलाई यही पुस १६ गतेदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो । भट्ट बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियमानकारी निकाय हो ।