आर्थिक

सहकारीलाई महासंघको पाँच लाख, संस्थाद्धारा रेष्टुरेण्ट सञ्चालन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले श्रमिकको सहकारीलाई पाँचलाख अनुदान दिएको छ । एक वर्ष अघि महासंघको पहलमा स्थापना भएको स्वाबलम्वन श्रमिक सहकारीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले संस्थाको प्रथम साधारण सभामा पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । अनाम नगरमा रहेको संस्थाले मैतिदेवीमा कोप रेष्टुरेण्ट एण्ड बार संचालन गरेको छ ।

संस्थाको प्रथम साधारण सभाको अवसरमा संस्थाले रेष्टुरेण्टको उद्धघाटन गरेको हो । २६ जना श्रमिकहरुबाट शुरु भएको संस्थामा विभिन्न रेष्टुरेण्टमा काम गर्ने श्रमिकहरु सदस्य रहेको संथाका अध्यक्ष मिलन मल्लले जानकारी दिए । उनले ६० लाखको लागतमा संस्थाले रेष्टुरेण्ट सुरु गरेको बताए । उनले भने ‘सदस्यको शेयर पूँजी थप गरेर धेरै ठाँउमा यस्तो सहकारी रेष्टुरेण्ट खोल्दै जानेछौं’ ।

रेष्टुरेण्टको उद्धघाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले श्रम गर्ने जनशक्तिलाई सबैले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे । उनले सामाजिक न्याय र उत्पादनसंग सहकारी जोडिनु पर्ने कुरामा जोड दिए । बडालले सबैलाई आकर्षण गर्न सक्ने सशक्त र प्रभावकारी बन्नुपर्ने बताउँदै व्यवसाय सञ्चालन गर्दा इमान्दारिता, निरन्तरता, धैर्यता र सौहार्दता जरुरी हुने भएकाले सञ्चालकहरुलाई जिम्मेवार भएर लाग्न आग्रह गरे ।

श्रमिकको सहकारीलाई महासंघको पाँच लाख, संस्थाद्धारा रेष्टुरेण्ट सञ्चालन

महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले नेपालको सन्दर्भमा कोप ब्राण्ड नयाँ कार्यको थालनी भएको बताउँदै सहकारी ऐन,२०७४ मा आधारित श्रमिक सहकारी संस्थाका सदस्यहरु आपैंm मालिक र उपभोक्ता बन्ने उद्देश्य अनुरुप कोप बार एण्ड रेष्टुराँ सञ्चालनमा ल्याएको बताए । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले व्यवसाय राम्रोसंग चल्न, बृद्धि हुन र नतिजा दिनका लागि असल मान्छेको हातमा नेतृत्व हुनुपर्छ भन्दै सहकारीका सदस्यहरुले आपैंmले सफलतापूर्वक व्यवसाय सञ्चालन गरेको गर्न र यसका चुनौतीहरुसंग नभाग्न आग्रह गरे ।

राष्ट्रिय सहकारी महासंघको अगुवाईमा स्थापना भएको श्रमिक सहकारीद्धारा व्यवसाय सञ्चालन हुनु नेपाली सहकारी अभियानको नयाँ फड्को भएको विचार व्यक्त गरे । उनले सरकारले यस्ता सहकारलिाई सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव दीपक खड्का, अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओका प्रतिनिधि मिलन श्रेष्ठ लगायतले शुभकमना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष हिमा बोहोराको स्वागत मन्तव्यबाट आरम्भ भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक रमेश प्रसाद पोखरेल, महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनालको सहभागिता रहेको थियो ।