आर्थिक

बिमा कुमारी दुरा, विष्णु माझी देखि शान्ती श्री परियारसम्म..

दोहरीगीत दुई पक्ष बीचको गीतहरूको सवाल जवाफ हो । नेपालका प्रायः सबै ठाउँमा दोहरीगीत गाएको सुन्न पाइन्छ।

मेला, पाखा, रोदी, चौतारी, विवाह आदि उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदि बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन् । दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्।

दोहरी गीतका गीतहरू तत्काल सिर्जना गरिएर गाउने गरिन्छ। दोहरी गीत युवा युवा बीच, युवती युवती बीच र युवती युवती बीच गाइन्छ।दोहोरी दोहोरो भन्ने शब्दबाट आएको हो। दोहोरो भन्नाले दुई तर्फबाट भन्ने बुझिन्छ। तसर्थ दोहोरी गीतमा दुई तर्फबाट आएका सङ्गीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने बुझिन्छ। विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर।

तथापि पछिल्लो पटक दोहोरी रेकर्ड गरेर पनि बजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लिइरहेका छन्।