स्वास्थ्य

यदि तपाई चिन्तामा हुनुहुन्छ भने यी उपहाहरु अपनाउनुहोस् !

एजेन्सी, चिन्ता सबै मानिसलाई हुन्छ। तर यसले मानिसलाई निकै ठुलो अवस्थामासम्म पुराउन सक्छ। स-साना कुराहरुमा पनि मानिसहरु चिन्ता लिने गर्छन्। तर चिन्ता लिनु भने मानिसको लागि अति हानिकारक छ त्यसैले हामीले सक्दो चिन्तालाई आफ्नो जीबन भन्दा टाढा राखेर अगाडी बढ्दा उपयुक्त हुन्छ। चिन्तावाट टाढा रहने पनि उपायहरु हुन्छन् जुन उपायहरुले गर्दा तपाईहरुलाई सहयोग पुग्न सक्छ। कुनै पनि चिन्ताले अचानक हमला गर्छ भने त्यसलाई तत्कालै मानसिक रुपमा सुल्झाउने प्रयास थाल्नुस् । समस्याको समाधान खोज्ने समय तय गर्नुस् । त्यो कस्तो चिन्ता हो टिपोट गर्नुस् र समयमै समाधानबारे सोच्नुस् । यति गर्दा तपाईंको ध्यान चिन्ताबाट केही पर गईसक्छ । तपाईले तत्कालै केही राहत महसुस गर्नुहुन्छ । राम्रो होस् वा नराम्रो कुनै पनि स्थिति लामो समयसम्म टिक्दैन । चिन्ताको कारण पनि लामो समय रहनेछैन । मात्रै यत्ति सोच्नु भयो भने पनि तपाई केही हदसम्म चिन्ता मुक्त हुनुहुनेछ । यो खराब समय छिट्टै हट्ने छ भनेर सकारात्मक सोच्न थाल्नुस् । चिन्ता मानिस आफैंले बढाईरहेका हुन्छन् । धेरै नै ठूलो चिन्ता हो र यसले तपाईंलाई नराम्ररी प्रभावित पारेको छ भने, एकान्तमा जानुस् । दुबै हात फैलाउनुस् आफूलाई आकाशप्रति समर्पित गरेको सोच्नुस् । यो समर्पणले तपाईंलाई तत्कालै सम्हालिन मद्दत पुर्याउँछ ।