पु.समाचार

अब विश्वभरबाट नेपाली संचार माध्यममा प्रत्यक्ष विज्ञापन गर्न पाईने

वेलकम एड्भरटाईजिङ् प्रा. लि र एडस्टार्टर प्रा. लि ले हालसालै रणनितिक साझेदारी कायम गर्ने उदेश्य सहित एक सम्झौंतापत्र माहस्ताक्षर गरेका छन् ।

नेपाली संचारमाध्यमहरुमा विज्ञापन बुकिङ/संकलक र प्रसारण÷/प्रकाशन गर्ने विषय सम्बन्धि उक्त सम्झौंता पत्रमा वेलकम एड्भरटाईजिङ् का अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टर प्रा. लि का नेपालस्थित कार्यालय प्रबन्ध निर्देशक निरन्जन खनालले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार एडस्टार्टरले आफ्नो वेबसाईट मार्फत नेपाल र विदेशमा बस्ने दुवै किसिमका विज्ञापन दाताबाट दिइएको विज्ञापन बुकिङ/संकलन गर्नेछ । यसैगरि वेलकमले यस्ता संकलित विज्ञापनहरुलाई नेपालको छापा, टेलिभिजन र रेडियो/एफएमहरुमा प्रकाशन/प्रसारण गर्नेछ ।

“नेपाली बजारमा आफ्नो विज्ञापन गर्न चाहने व्यक्ति, कम्पनी र विज्ञापन एजेन्सीहरुले लामो समयदेखि विभिन्न भौगोलिक, ऐतिहासिक र अन्य कठिनाईहरु सामना गर्नुपरेको छ । यस्ता समस्याहरुलाई निराकरण गरी विज्ञापनदातालाई आफ्नो विज्ञापन लगानीको उत्कृष्ट प्रतिफल दिलाउने हेतुले हामीले एडस्टार्टरसँग रणनितिक साझेदारी गरेका हौं,” वेलकमका अध्यक्ष पौडेल बताउँछन्।

“अब विश्वभर छरिएर रहेका विज्ञापनदाताहरुले प्रत्यक्ष रुपमा नेपाली संचारमाध्यममा आफ्नो विज्ञापन प्रकासन/प्रशारण गर्न सक्नेछन् । त्यसैले यस साझेदारीले विगत केहि समयदेखि निरन्तर खस्किरहेको नेपाली विज्ञापन बजारलाई विस्तार गर्न महत्वपुर्ण भुमिका खेल्न सक्छ,” पौडेलले भने ।

यसैगरी एडस्टार्टरका खनाल हालै गरिएको सम्झौताले नेपाल र विदेशमा बस्ने विज्ञापनदाता र नेपाली संचार माध्यमबिच प्रत्यक्ष अन्तरक्रिया गराई दुवै पक्षलाई व्यवसायिक लाभ प्राप्त गर्न सहयोग पुग्ने बताउँछन् ।