मनोरञ्जन

लक्ष्मीलाई राजेश पायलले भने- ‘मन पराउछौ ?’

काठमाडौं । गायिका लक्ष्मी आचार्य र चर्चित गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘मन पराउछौ’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्री र अन्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।

गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पाद भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।

बेलाबेलामा फरक फरक शैलीको गति सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीको यो गीतले बालकखेअि बृद्धसम्मको रोजाइमा पर्ने खालको छ । सार्वजनिक हुने बितिकै गीत धेरैको रोजाइमा परेको यो गीतलाई सुन्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

डिबी खड्काको शब्द र विनोद पराजुलीको संगीत रहेको डान्सिङ शैलीमा तयार पारिएको छ ।