प्रवास

महेन्द्र प्रसाद चम्लागाई चेम्बरको अवैतनिक व्यवसायीक प्रतिननिधि

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवसायीक प्रतिनिधीमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारबीच द्धिपक्षिय आर्थिक, व्यापारीक, लगानी, पर्यटन प्रवद्धनमा ठोस टेवा पुग्ने अपेक्षा गर्दै उनको कार्यकालमा नवनियुक्त प्रतिनिधी चम्लागाईको लामो व्यवसायीक शीप र अनुभवबाट द्धिपक्षीय आर्थिक वृद्धिमा उनको भूमिका महत्वपूर्ण  हुने बताए ।

चम्लागाई उड ल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज क. (कतार) का प्रबन्ध निर्देशक हुन् ।