मनोरञ्जन

‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै आना ढकाल

काठमाडौं । विगत ३ वर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् ।

चितवनमा जन्मिएकि ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने विविध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् ।

नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउने उदेश्यका साथ अघि बढी रहेकी छिन्। चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिन लागेकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउ छिन् ।

विदेशमा बसेर पनि नेपाली चलचित्रलाइ माया गर्ने उनि नेपाली कला र संस्कृतिलाई विश्व सामू चिनाउने प्रयासमा लागि रहेकी छिन् । उनलाइ नयाँ चलचित्रबाट अफर आइरहेको छ। छिट्टै उनि अर्को चलचित्रमा पनि लिड रोलमा देखिने भएकी छिन् ।