मनोरञ्जन

क्याप्टेन विजय लामा जापान जाँदै

नयाँ वर्ष २०२०को उपलक्ष्यमा आउँदो जनवरी ४ तारिखका दिन लास्सो एभ्रेष्ट ईन्टरनेशनलको आयजनामा “सरौतो फिल्मी एंड म्युजिकल कन्सर्ट” हुने भएको छ । 

यसै कार्यक्रममा सहभागी हुन् डिसेम्बर ३१ तारिखका दिन नायिका सुमी मोक्तान जापान पुगेकी छिन् । नायिका सुमीलाई गायक एवम उक्त कार्यक्रमका संयोजक राजिव लामाले स्वागत गरेका थिए । 

उक्त कार्यक्रममा अभिनेता तथा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत प्रस्तुति रहने छ ।

यो कार्यक्रमसँगै नेपालमा भव्यरुपमा प्रदर्शन गर्न सफल चलचित्र सरौतोको जापानको विभिन्न्न शहरहरुमा प्रदर्शन हुने भएको छ । सुन्दरी नायिका सुमी र क्याप्टेन बिजय लामासंगै चलचित्र हेर्ने अवसर  जापानबासी  नेपालीहरुले पाउने छन् ।