अन्तर्राष्ट्रिय

नयाँ वर्ष मनाउन निस्केका प्रमुख सेनापति रहेनन्..

एजेन्सी । सैनिक हेलिकोप्टर आकस्मिक अवतरण गर्दा ताइवानका प्रमुख सेनापति सहित ८ जनाको निधन भएको छ ।  बिहीबार आकस्मिक हेलिकोप्टर अवतरण गर्ने क्रममा सेना प्रमुख शेन यी–मिङसहित अन्य ७ जनाको दुर्घटना परि निधन भएको अन्तर्राष्ट्रिय समाचार .माध्यमले जनाएका छन् ।

हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखको निधन भएको पुष्टि गरेको छ । 

सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वोत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।