पु.समाचार

प्रदेश सरकारले दियो १२ घण्टा भित्र चितवन छाड्न एसपी मल्ललाई ठाडो निर्देशन..

काठमाडौं । प्रहरी उपरीक्षक दान बहादुर मल्ललाई १२ घण्टा भित्र जिल्ला छाड्न प्रदेश-३ प्रहरीले निर्देशन दिएको छ । प्रहरी उपरीक्षक मल्ल १३ दिन अघि सरुवा भएका भए पनि उनले चितवनमा अडान कसिरहेका कारण प्रहरीले उनलाई उक्त निर्देशन दिएको हो ।

पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षा गार्ड रहेका मल्ल बेला बेला विवादमा आइरहेका हुन्छन् । प्रदेश कार्यालयले एसपी मल्ललाई गोप्य सर्कुलर पत्र दिएको थियो । तर एसपी मल्लले नै सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा उक्त पत्र हालेपछि सो विषय बाहिरिएको हो ।

उक्त पत्रमा डिएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरुवा गरेको थियो।  मल्लको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा भएको थियो ।  चितवनमा एसपी गङ्गा पन्तलाई सरुवा गरिएको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालयकाे निर्देशन पत्र

dan bdr malla