राजनीति

सीमा बिबादमा अनावश्यक रुपमा अदालतले आदेश दिनुले मुलुक गम्भीर मोडमाः डा कोईराला

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले सर्वोच्च अदालतले नेपालको पुर्ण नक्सा पेस गर्न आदेस दिनु नितान्त कुटनीतिक र राजनीतिक तहबाट संवाद भएको भन्दै त्यसैबाट समाधान गरिनुपर्ने बिषयलाई अदालतमा प्रवेस गराएपछी गम्भिर मोड लिएको बताएका छन् । उनले यस्ता कुटनीतिक तवरबाट समाधान गरिनुपर्ने बिषय अदालतमा प्रबेश गराईनुले दुरगामी असर पर्ने दाबी गरेका छन् । डा कोईरालाले यस्ता कुरामा हामी कहिले जिम्मेवार बन्ने ? प्रश्न समेत गरेका छन् । बुधबारमात्र सर्बोच्च अदालतले पहिलेदेखीका कालापानी, लिम्पियाधुरा, लिपुलेकका विवरण मगाएपछि डा कोईरालाको प्रतिकृया आएको हो । उनले अदालतको आदेश अनावश्यक भएको संकेत गरेका छन् ।

उनले लेखेका छन्ः सर्वोच्च अदालतले नेपालको पुर्ण नक्सा पेस गर्न आदेस दिएको छ। यो नितान्त कुटनीतिक र राजनीतिक तहबाट संवाद मार्फत समाधान गरिनुपर्ने बिषयलाई अदालतमा प्रवेस गराएपछी गम्भिर मोड लिएको छ। यस्ता कुरामा हामी कहिले जिम्मेवार बन्ने ? यसले के दुरगामी असर पर्छ ?