प्रदेश 1

पुर्वका नाम चलेका पत्रकार प्रधानको अल्पायुमै निधन, प्रेश यूनियनको समबेदना

काठमाडौ । नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार याम प्रधानको निधन भएको छ। प्रधानको आज बिहिवार बिहान ३.३० बजे ५३ बर्षको उमेरमा निधन भएको हो।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व सभापति समेत रहनुभएका प्रधान पूर्व क्षेत्रमा चिनिएको नाम हो। लामो समयदेखी बिभिन्न स्वास्थ्य समस्याबाट पिडित प्रधानको बिहिवार सुनसरीको इटहरीस्थीत भोजपुरे टोलमा रहेको आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय प्रधानका श्रीमती र छोरी रहेका छन् ।

यस दुखद घडीमा नेपाल प्रेस युनियन केन्द्रीय समिति स्वर्गीय अग्रज पत्रकार प्रधानप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएकी उहाँकी श्रीमती, छोरी सहित प्रधान परिवारमा नेपाल प्रेस युनियनले समवेदना व्यक्त गरेको छ।