स्वास्थ्य

चिसो मौसममा यी कुराहरु थोरै खाँदा फाइदा हुन्छ

एजेन्सी, जाडो अथवा चिसो मौसममा हामी आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि र न्यानोपनको लागि विभिन्न उपायहरु अपनाउने गर्छौं । यो चिसो मौसमले गर्दा कतिपय तराई जिल्लाहरुमा मृत्यु हुने गर्छन् भने कतिपय स्थानहरुमा जाडोमा लगाउने लुगाहरुसमेत हुँदैन । कारण गरिवी हो । त्यसैले गर्दा पनि मानिसहरु जाडो मौसममा तराई क्षेत्रमा धेरै बिरामी हुने गर्छन । यो जाडो मौसममा कतिपय क्षेत्रका मानिसहरुले लगाउने लुगा र राती सुत्दा ओढ्ने सिरकसम्म हुँदैन । त्यसले गर्दा पनि जाडो मौसममा तराई क्षेत्रमा मानिसहरु बिरामी हुने गर्छन । तर यो मौसममा खानपानको पनि विशेष ध्यान दिनुपर्ने आवश्यक हुन्छ । यो मौसममा रुघा, खोकी, ज्वरोजस्ता रोगहरुले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् ।

  • हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।
  • सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ ।
  • जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ । मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ । नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ ।
  • मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।
  • जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।
  • पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ ।
  • शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।
  • अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ ।
  • जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन् । प्रायस् मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन ।