कर्णाली प्रदेश

बाबियाचौरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

काठमाडौं । कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको बाबियाचौरमा बुधबार प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीच गोली हानाहान भएको  छ । 

कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीले जानकारी दिएअनुसार सुर्खेतको बाबियाचौरमा गोली हानाहान भएको हो । 

उनका अनुसार विप्लव समूहको जनसत्ता प्रमुखसहितको टोली चन्दा संकलन गरिरहेको भन्‍ने सूचनाका आधारमा थप विवरण लिन सिभिलमा खटिएका दुईजना प्रहरीमाथि विप्लव समूहले फायर खोलेको हो । 

सिभिल प्रहरीको टोलीले पनि जवाफी फायरिङ गरेका थिए । प्रहरीले थप फोर्स मगाएपछि विप्लव समूहका कार्यकर्ता भागेका थिए । डीआईजी जोशीले भने, “कुनै पक्षलाई गोली लागेको सूचना आएको छैन । गोली चलाएर फरार भएका उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।”