खेलकुद

पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई टिभिएस अपाचेले दिए बाइक पुरस्कार

कास्कीे । नेपालको फ्रेन्चाइजक्रिकेट प्रतियोगिताहरु मध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पिपिएल सम्पन्न भएको छ । नेपालभित्र खेलाइने यस प्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्स प्रा.लि.ले लिंदै आएको छ । सोही उद्देश्य अनुरुप क्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलमा पनि टिभिएस अपाचेको साथजगदम्बा मोटर्स प्रा.लि. जोडिएको थियो ।

उक्त प्रतियोगिताको एक महत्वपूर्ण प्रायोजक रहेको टिभिएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीहरुलाई टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जनाक्रिकेट खेलाडीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

कम्पनीका उपाध्यक्ष दीपकअग्रवाल स्वयंको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । जसअनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यानअफ दीसिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण के.सी. प्रत्येकले एक(एकवटा टिभिएस अपाचे च्त्च् द्दण्ण् द्धख् अपाचेज्ञटण् द्धख अपाचेज्ञटण् द्दख्। बाइक प्रदान गरेको हो ।

उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेपछि जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपकअग्रवालले भने, “वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझचिनिने गर्दछन्, त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरुमाझ परिचित रहँदै आएको छ । पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामनागर्दछु ।” पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।