राजनीति

बहुमतले निर्णय गरेको हो, सबैले मान्नुपर्छ- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुमतिय पद्धतीबाट पार्टीले गरेको निर्णय सबैले  स्वीकार गर्नुपर्ने बताएका छन ।  

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले सहमती नजुटेपछि पार्टीले बहुमतले निर्णय गर्नुपरेको र त्यो सबैले मान्नुपर्ने बताएका हुन । 

केन्द्रीय समितिको बैठकका निर्णयको विषयमा विवाद भएपछि सभापति देउवाले बहुमतका आधारमा २०७७ फागुनमा पार्टीको १४ औ महाधिबेशन आयोजना गर्ने निर्णय गराएका थिए । देउवाले भने , ‘सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन खोजियो यसैले बहुमतले निर्णय गर्न पार्टी बाध्य भयो, प्रजातान्त्रिक पद्धतीबाट भएको निर्णय सबैले मान्नुपर्छ ।’ 

उनले कसैले असन्तुष्टि जनाउदैमा महाधिवेशनको मिति नसर्ने र निर्धारित समयमै नै महाधिवेशन सम्पन्न हुने बताए ।