अन्तर्राष्ट्रिय

यस्ता छन् सन् २०१९ का प्रमुख अन्तर्राष्ट्रिय घटनाक्रमहरु

एजेन्सी । भेनेजुएलाका विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुएइदोले आफू स्वयं अन्तरिम राष्ट्रपति भएको घोषणा । राष्ट्रिय सभामार्फत घोषणा गरिएको । फेब्रुअरी २७–२८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–अनबीच दोस्रो शिखर वार्ता । वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी विषयमा सहमति नभएपछि वार्ता भङ्ग तर द्विपक्षीय वार्तालाई निरन्तरता दिने सहमति ।

मार्च १५ – न्यूजील्यान्डको क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा शुक्रबारको प्रार्थनामा भेला भएको समयमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा ४९ जनाको मृत्यु । प्रहरीले घटनामा संलग्न एकजना २८ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । विश्वभरबाट घटनाको निन्दा एवम् भत्र्सना ।

अप्रिल ९ – इजरायलमा सम्पन्न संसद् (नेसेट)का लागि भएको चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी संसद्मा सबैभन्दा ठूलो दलका रुपमा पुनःस्थापित । प्रधानमन्त्री नेतन्याहु साना दक्षिणपन्थी दलको समर्थनमा पाँचौँ कार्यकालका लागि पुनःप्रधानमन्त्री हुने निश्चित ।

अप्रिल ११ – सुडानका राष्ट्रपति मोहमद अल–बसिरलाई सुडानी सेनाद्वारा अपदस्थ । राष्ट्रपतिको राजीनामाको माग गर्दै चार महिनादेखि जारी आन्दोलन कै क्रममा सेनाद्वारा बसिरलाई अपदस्थ गरेको घोषणा । बसिर सुडानमा सन् १९८९ देखि सत्तामा थिए । प्रदर्शनकारीले नयाँ सैनिक सत्तालाई पनि अस्वीकार गर्ने भन्दै सडक प्रदर्शन जारी ।

अप्रिल १२ – अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धानसम्बन्धी एक अनुरोधलाई अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले अस्वीकार गरेको । अदालतको उक्त आदेशको अफगान युद्धमा विगत १७ वर्षदेखि उल्झिएको संयुक्तराज्य अमेरिकाको स्वागत ।

अप्रिल २१ – श्रीलङ्काको राजधानी कोलम्बोका दुई वटा क्याथोलिक चर्च र तीन वटा पाँचतारे होटल तथा पूर्वीक्षेत्र बाट्टिकोलोवाको एउटा चर्चमा इस्टर सन्डे मनाउन भेला भएका इसाईमाथि लक्षित गरी शृङ्खलाबद्ध बम बिस्फोटका कारण ३०० भन्दा बढीको ज्यान गयो । तीन दशक लामो गृहयुद्ध अन्त्य भएको एक दशकपछिको यस विभत्स घटनाको विश्वभरबाट निन्दा गरिएको थियो ।

अप्रिल २५–२७ – चीनको बेइजिङमा बिआरआई अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न । विश्वका ३७ राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख सहभागी यस सम्मेलनबाट आपसी सहयोग प्रवद्र्धनलाई अझ उचाईमा पु¥याउने सहमति ।

अप्रिल ३० – संसारको सबैभन्दा पुरानो शाही परिवार मानिने जापानका राजा अकिहितोले औपचारिकरूपमा आफूले गद्दी छोडेको घोषणा । दुई शताब्दीभन्दा बढी राजगद्दीमा रहनुभएका अकिहितोका जेठो छोरा युवराज नरुहितोलाई सिंहासन छोडियो ।

अप्रिल/मे- अप्रिल र मे विश्वको तुलनामा अत्याधिक जनसङ्ख्या भएको प्रजातन्त्र दक्षिणपन्थी र हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)का प्रमुख प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने घोषणासँगै दोस्रो चुनावमा जाने निर्णय ।

मे ३ – उत्तर कोरियाले छोटो दूरीको मिसाइलको परीक्षण गरिरहेको दक्षिण कोरियाद्वारा पुष्टि ।

मे ४ – थाईल्याण्डमा राजा वजिरालोङ्गकोर्नलाई श्रीपेच दिने समारोहको पहिलो दिनको सुरुवात । २०१६ मा उनको बुबाको मृत्युपछि सिंहासन उनले नै समालेको थियो ।

मे ५ – गाजा र इजरायलका आतङ्ककारीबीच भएको झडपमा तेइस व्यक्तिको मृत्यु ।

मे ८ – लाखौँ दक्षिण अफ्रिकीले लोकतन्त्रको दुई दशकपछि मतदान गरेका ।

मे ९ – उत्तर कोरियाले बहु व्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको अमेरिकी रक्षा विभागले घोषणा गरेको ।

मे २१ – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोे दोस्रो कार्यकालको लागि निवार्चित हुनुभएको । जोकोले करिब ५६ प्रतिशत भोटले जिल्नु भएको थियो । उहाँको मत निकटतम प्रतिद्वन्द्वीभन्दा १० प्रतिशत फरक रहेको ।

मे २५ – दक्षिण अफ्रिकामा मन्त्रीपरिषद्का सदस्य आधाभन्दा बढी महिला भइपछि नयाँ इतिहास बनेको घोषणा ।

जुन २ – सुडानको जारी रहेको विरोध प्रदर्शनको क्रममा सैन्य मुख्यालय बाहिर प्रर्दशन भएको र सुरक्षाकर्मीको कारबाहीमा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते ।

जुन ३ – हजारौँ आदिवासी महिला र बालबालिका मारिएका “क्यानाडाली नरसंहार”को दिन । सीएनएनले प्राप्त गरेको एक प्रतिवेदनमा मारिएका ती बालिकाका एक हजारभन्दा बढी प्रमाण भेटिएका थिए । त्यस विषयमा २०१६ देखि नै अनुसन्धान जारी रहेको थियो ।

जुन ६ – भेनेजुएलाबाट ४० लाखभन्दा बढी व्यक्ति भागेका जानकारी गराइएको । २०१५ देखि शुरु भएको राजनीतिक र मानवीय मुद्दाको बीचमा भाग्ने काम भइरहेको बताइएको थियो ।

जुन १० – मालीको एक गाउँ जलाइएको र कम्तीमा १०० व्यक्तिको मृत्यु भएको थियो । उक्त हत्याको कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन ।

जुन १७ – नाइजेरियामा तीन आत्मघाती बम विस्फोट बम विस्फोटनमा ३० जना मारिनुको साथै अन्य ३९ घाइते भएका भएका । यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले नलिएको ।

जुन २१ – आणविक हतियारको विकासलाई निरन्तरता दिएमा युद्धमा जान नडराउने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानलाई चेतावनी । इरानले मानवरहित अमेरिकी ड्रोनलाई गोली हानेपछि दुई देशबीचको विवाद झनै उत्कर्षमा पुगेको ।

जुन ३० – अमेरिकी राष्ट्रपतिको हैसियतले डोनाल्ड ट्रम्प पहिलो पटक उत्तर कोरियाको सीमा इलाकामा अवतरण । अमेरिकी राष्ट्रपतिको हैसियतले उत्तर कोरियाको सीमा टेक्ने उहाँ पहिलो व्यक्ति भएको जानकारी ।

जुलाई ३ – जुलाईमा लिबियाको आप्रवासी केन्द्रमा गरिएको हवाई हमलामा ४० व्यक्तिको मृत्यु हुनको साथै ८० जना घाइते भएका ।

जुलाई ५ – भारत सरकारले मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी ग¥यो । त्यसपछि जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले र भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनका रुपमा लिइएको छ ।

जुलाई २४ – बेलायतकी महारानीद्वारा प्रधानमन्त्रीका रुपमा बोरिस जोनसनलाई नियुक्त ।

अगस्त ७ – फिलिपिन्सले जनवरी र जुलाई बीचमा ६२२ व्यक्तिको मृत्यु पछि राष्ट्रिय डेङ्गूको महामारीको घोषणा गरेको । त्यहाँ एक लाख ४६ हजार व्यक्तिलाई डेङ्गु भएको पुष्टि ।

सेप्टेम्बर १७ – स्पेनका प्रधानमन्त्रीले चार वर्षमा चौथो पटक भएको निर्वाचनमा पनि कुनै दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अर्को निर्वाचन गर्ने घोषणा । उहाँले आगामी निर्वाचन सम्भवतःनोभेम्बर गर्ने जानकारी ।

अक्टोबर ९ – टर्कीद्वारा उत्तरी सिरियामा आक्रमण, इयुले टर्कीलाई भीषण आक्रमण अन्त्य गर्न आग्रह ।

अक्टोबर ११ – इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको । अहमदले इरिट्रियासँग २० वर्षको युद्ध अन्त्य गर्न सहयोग गरेका थिए ।

अक्टोबर २६ – अमेरिकी सेनाको आक्रमणमा आइएसआइएस नेता अबु बक्र अल बगदादी मारिएको घोषणा ।

अक्टोबर २८ – अल्बर्टो फर्नांन्डेजले अजेन्टिनाको चुनावमा आफ्नो जीतको घोषणा ।

नोभेम्बर २ – मालीको सशस्त्र सेना माथि भएको आतङ्कवादी हमलामा कम्तीमा ५३ सैनिकको मृत्यु । यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको ।

नोभेम्बर ३ – सरकार विरोधी प्रदर्शन जारी भएपछि प्रदर्शनकारीले बग्दादलाई रोकेका । अक्टोबर १ देखि हजारौँ आन्दोलनकारी सडकमा उत्रिएका । भ्रष्टाचार अन्त्य तथा देशमा राम्रो सेवा प्राप्त गर्न सर्वसाधारणले विरोध गर्दै आएका छन् ।

नोभेम्बर ११ – करिब एक महिनाको विरोधपछि राष्ट्रपति इभो मोरालेसले आफ्नो १४ वर्षको शासनपछि राजीनामा गर्नुभएको । आन्दोलनकारीले उहाँलाई चुनावमा धाँधली भएको आरोप लगाएपछि उहाँको राजीनामा आएको ।

नोभेम्बर ९ – भारतकै अयोध्यामा वर्षाैँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भएको । उक्त स्थानमा रहेको भगवान श्रीरामको मन्दिर हिन्दूले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामले पनि उक्त क्षेत्रमा वावरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए । सर्वाेच्च अदालतले सो स्थान हिन्दूलाई दिने र इस्लामका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला ग¥यो ।

डिसेम्बर ४ – सुडान कारखानामा विस्फोट कम्तीमा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२३ घाइते ।

डिसेम्बर ९ – फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीका रुपमा निर्वाचित । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो ।

डिसेम्बर १० – नागरिकतासम्वन्धी संशोधित विधेयक पारित गरिएपछि भारतका पश्चिम बङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको र हजारौँ घाइते भएका छन् । सन् २०१४ सम्म पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट धार्मिकरुपमा लखेटिएर या समस्यामा परेर शरण लिन आएर भारतमा बसेको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भनी विधेयकमा राखेको नयाँ व्यवस्थाको विरोध भएको हो ।

डिसेम्बर १७ – पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ विरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनायो । बिरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनु अगावै निधन भएमा उहाँको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्नसमेत आदेश दिएको छ ।

डिसेम्बर १८ – जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इतोले बलात्कारसम्वन्धी मुद्दा जित्नुभएको । जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्वका साथ लिइएको । टोकियोस्थित ‘सिभिल कोर्ट’ले इतोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिवाना तीर्न आदेश दिएको थियो ।

डिसेम्बर १८ – अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले अमेरिकी राष्ट्रपतिमध्ये डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेको । राष्ट्रपति ट्रम्पले शक्तिको दुरु पयोग गरेको भन्दै महाभियोगको पक्षमा निर्णय गरेको हो । सदनमा भएको मतदानमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो ।

डिसेम्बर २८ – सोमालियाको राजधानीमा कारबम विस्फोट कम्तीमा ७८को मृत्यु हुनुको साथै अन्य १२५ घाइते । अहिलेसम्म कुनै समूहले यो जिम्मेवारी लिएको छैन ।