पु.समाचार

गगन थापाले गरे सडकको फोहोर टिपेर भ्रमण वर्षको सुरुवात, आफ्नो कर्मथलो आफैं सफा राख्न अपिल..

काठमाडौं । बुधबार बिहान नेपाली कांग्रेसका सांसद गगन थापा सडकका फोहोर टिप्दै गरेको अवास्स्थामा देखिए । सांसद थापाले काठमाडौं रातोपुलस्थित सडक क्षेत्रमा रहेका फोहोर टिप्दै थुन्सेमा संकलन गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले सडकमा फोहोर नफाल्ने संकल्पसहित नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न आफूहरू तम्तयार रहेको उल्लेख गरे । थापाको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान शुरु गरिएको छ ।

भ्रमण वर्ष शुरू भए पनि सडक खाल्डाखुल्डी, कहिले धुलो त कहिले हिलो रहेको उल्लेख गर्दै उनले सडक कालोपत्र गर्ने सरकारको कामलाई प्रतिपक्षी दलले पनि साथ दिएको बताए ।