राजनीति

ओली सरकारका कारण राष्ट्र दैनिक रुपमा संकटमा गुज्रिरहेको अवस्था- नेता कँडेल

प्रतिनिधिसभा सदस्यसमेत रहेका कँडेलले सभामुख चयनको आवरणमा सूचना टाँस गरी सदन सञ्चालन नहुनुले राष्ट्रलाई नोक्सान पुर्याइरहेको प्रसङ्ग उल्लेख गर्दै विधेयकलाई सदनमा प्रस्तुत हुन नदिने अवस्थाले जटिलता थपिँदै गएको बताए।
 
उनले सरकारमा रहेसम्म मधेशको माग बिर्सिने र सरकारबाट बाहिरिएपछि क्रान्तिकारी कुरा गर्ने मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुनु आवश्यक रहेको बताए । मधेशवादी दलका नेतामा सत्ता मोहका कारण सत्तामा जाने होडबाजी देखिएको उनले बताए । केन्द्रीय सदस्य कँडेलले बहुमतको निर्णयलाई स्वीकार नगर्ने अल्पमतको असन्तुष्टिले नेपाली काङ्ग्रेसमा विवाद देखिएको छ भने ।
 
अल्पमत पक्षलाई पटकपटक सहमतिमा ल्याउने प्रयास गरिए पनि पार्टीलाई नै अनिर्णयको बन्दी बनाएको अवस्थाबाट निकासका लागि पार्टीले बहुमतबाट महाधिवेशन सन्दर्भका निर्णय गरेको उनले स्पष्ट गरे ।