समाचार

समावेसी लोकतन्त्र र समतामूलक समृद्धि नेपालीको साझा गन्तव्यः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पर्टीका संघिय परिष्द अध्यक्ष डा बाबुराम भट्टराईले समावेसी लोकतन्त्र र समतामुलक समृद्धि नेपालीहरुको साझा गन्तव्य भएको बताएका छन् ।

सामाजिक सञ्जार ट्वीटरमार्फत डा भट्टराईले नयाँ वर्ष २०२० को शुभकामणा दिँदै समावेसी लोकतन्त्र र समतामूलक समृद्धि मानवजाति र हामी नेपालीको साझा गन्तव्य बन्नुपर्ने बताएका छन् ।

एक्काइसौं शताब्दीको दोश्रो दशकलाई विदाइ र तेश्रो दशकलाई स्वागत गर्दै उनले तेश्रो दशकले पुँजीवाद र साम्यवादको उन्नत प्रणालीगत विकल्प देओस् भन्ने कामणा गरेका छन् । साथै ट्रम्प र ओलीहरूको श्रेष्ठतर नेतृत्वको विकल्प देओस भनेका छन् ।

उनको ट्वीटरः एक्काइसौं शताब्दीको दोश्रो दशकलाई विदाइ र तेश्रो दशकलाई स्वागत१तेश्रो दशकले पुँजीवाद र साम्यवादको उन्नत प्रणालीगत विकल्प देओस् ! ट्रम्प र ओलीहरूको श्रेष्ठतर नेतृत्वको विकल्प देओस् ! समावेसी लोकतन्त्र र समतामूलक समृद्धि मानवजाति र हामी नेपालीको साझा गन्तव्य बनोस् !