राजनीति

बाहुन-क्षत्रीसँग ईर्श्या/बद्लाको सट्टा मित्रतासहितको ब्यवहारले सबैको कल्याण: नेता गुरुङ

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले अन्य समुदाय प्रति ईर्श्या र बद्लाको सट्टा अन्य समुदाय प्रति मित्रता, सदभाव राख्ने र बद्लाको सट्टा आफै बद्लिएर काम गर्यौँ भने तमू समुदायको पनि उत्थान हुने बताएका छन् ।

‘तमू ह्युल छोंज धी गुरुङ राष्ट्रीय परिषद’ चितवन द्वारा मंगलबार आयोजित तमू च्युू ल्होसार कार्यक्रममा बोल्दै शाहुन क्षत्रीजातसँग लगायत अन्य ईर्श्या र बद्लाको भावना राखेर गाली गर्नुभन्दा मिलेर गए सबैको कल्याण हुने बताएका हुन् । उनले अरुसँग दुश्मनीको भावना लिनुभन्दा आफैं बद्लिनु जरुरी रहेको मोटिभेसनल विचार उक्त कार्यक्रममा राखेका छन् ।

उनी भन्छन्ः “तमू ह्युल छोंज धी गुरुङ राष्ट्रीय परिषद चितवन द्वारा आयोजित तमू ‘च्यु’ ल्होसार कार्यक्रममा अन्य समुदाय प्रति ईर्श्या र बद्लाको सट्टा अन्य समुदाय प्रति मित्रता, सदभाव राख्ने र बद्लाको सट्टा आफै बद्लिएर काम गर्यो भने तमू समुदायको पनि उत्थान हुन्छ।”