राजनीति

सिटौलाको देउवालाई कडा प्रश्न: तपाई कांग्रेसको सभापति कि गुटको ?

काठमाडौं । प्रतिपक्ष नेपाली कांग्रेसको महाधिवेशनको विषयले गर्दा पछिल्लो समय पार्टीभित्र ठुलो असहमति आएपछि पार्टीकै नेताहरु आफ्नै सभापतिको आलोचना गर्दै आएका छन् । पार्टीको महाधिवेशनको तिमि तोक्न वरिष्ठ नेता रामचन्द्र पौडेलले दवाव दिएपछि २०७७ साल फागुनमा महाधिवेशन गर्ने भनि मिति तोकिसकेका छन् ।

तर पनि पार्टी भित्रको गुडले गर्दा कांग्रेसमा ठुलो असहमति हुँदै आएको छ यसक्रममा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंलाले एक कार्यक्रममा बोल्दै सभापति शेरबहादुरलाई पार्टी केन्द्रीय समितिको निर्णय सच्याउन आग्रह गरेका छन् । सभापतिलाई पार्टीको महाधिवेशन गर्न चौतर्फी दवाव आइरहेको समयमा सिटौंलाले ध्यानाकर्षण पत्रमा सहमतिवाट निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् ।

सिटौंलाले ध्यानाकर्षण गराउंदै भनेका छन्, ““१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित तपाईंको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो । यो जिम्मेवारी निर्वाह गर्न तपाईं कुनै गुटको होइन, नेपाली कांग्रेसको पार्टी सभापति हो भन्ने कुरा स्मरण गरेर साथै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्दछ । बृहत् एकतानै आजको अपरिहार्य र प्रथम आवश्यकता हो । त्यसैले पार्टीको बृहत्तर हितमा एकतालाई मजबुद बनाउनका लागि पार्टीको विधान प्रयोग र सो अनुरुप सहमतिबाट निर्णय गर्नको लागि पार्टी सभापतिको रुपमा पहलकदमी लिन पुनः आग्रह गर्दछु ।”