पु.समाचार

पारस पुगे ४९ वर्ष, यसरी मनाए जन्मदिन..

काठमाडौं । पूर्व युवराज पारस शाह आज(१५ पुस) बाट ४९ औं वर्षमा प्रवेश गरेका छन् । उनलाई सामाजिक सञ्जालमार्फत आफन्त र साथीभाईले जन्मदिनको शुभकामना दिएका छन् ।

Image may contain: 4 people, people smiling, text

१५ पौष २०२८ सालमा जन्मिएका पारसलाई छोरी पूर्णिका शाहले बाबुलाई महान भन्दै मन नौनी जस्तै नरम रहेको लेखेकी छिन्- 

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः।।
पितृदेवो भवः

परिवारबाट टाढिएर पारस व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारका सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाहका जेठा छोरा पारसका पत्नी हिमानी, दुई छोरी र एक छोरा छन् ।

सन् २००० मा चर्चित गायक प्रवीण गुरुङलाई पारसले चलाएको गाडीले ठक्कर दिएको थियो । शाह गायक गुरुङको मृत्यु भएपछि विवादमा आएका थिए । उनी चितवन गोलीकाण्ड लगायत विभिन्न घटनामा मुछिएका पनि थिए ।

Image may contain: 2 people, people smiling, text

चितवनको टाइगरटप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई गोली हानेको विवादमा सार्वजनिक अपराध अभियोग खेपेका उनलाई जिल्ला प्रशासन कार्यालयले ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा रिहा गरेलगत्तै उनी बैंकक गए ।

Image may contain: 11 people, people smiling, people standing, text and indoor