स्वास्थ्य

यस्तो छ, शारीरिक सम्पर्कवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

एजेन्सी, यौन सम्पर्क भनेको मानिसको लागि एक अति आवश्यक कुरा नै हो । हरेक मानिसको जीबनमा यौनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ हाम्रो समाजमा यस विषयमा खुलेर कुरा नगरेता पनि आवश्यक भने अवश्य छ । यौन सम्पर्क भनेको दुई केटा र केटि वीचको समजदारीमा हुने कुरा हो ।यसलाई समाजले त्यति राम्रो नमाने पनि सबैको लागि भने आवश्यक छ । मानिसको लागि यौन सम्पर्क गर्दा पनि फाइदा हुन्छ । यसवाट ब्लड प्रेसर कम हुन्छ । कोलस्ट्रोलमा पनि सुधार आउँछ । एक सर्वेका अनुसार नियमित यौन सम्पर्कबाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रोसँग गरिने यौन सम्पर्कले मानसिक तनाब पनि काम हुन्छ । नियमित यौन सम्पर्क गर्ने मानिस बिरामी हुने सम्भावना निकै कम हुन्छ ।

शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाइदिने विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन् । यौन सम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ । आनन्द मात्र दिँदैन यसले महिलालाई यौन सम्पर्कका बेला रक्तसंचार बढाएर शारीरिक रुपमै फिट राख्न मद्दत गर्छ । इम्युन सिस्टम बढाउने काम गर्छ । पछिल्लो एक अनुसन्धानका अनुसार यौन सम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले तपाईको स्वास्थ्यमा सकारात्मक असर पर्छ । त्यसका साथै तपाईं आफूलाई ताजा र स्वस्थ–स्फुर्त महसुस गर्नुहुन्छ । इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ । हृदयघातको समस्याबाट बचाईराख्न मद्दत गर्छ । यौन सम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष कोषमा रक्तसंचार हुने भएकाले यस्ले हृदयघातको सम्भावना कम गर्दछ ।