आर्थिक

सिडियो नै ‘घुस काण्ड’मा समातिएपछी जनताले कसको आस गर्ने ?

दोलखा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपसचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ गरेको छ । गृह मन्त्रालयले निलम्बन गरेको उपसचिव रिजाललाई अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, दोलखामा तत्कालीन प्रमुख जिल्ला रहँदा उनले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न घुस मागेको खुलेपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

केही समयअघि मन्त्रालयमा तानेर निलम्बन गरिएका रिजालमाथि भ्रष्टाचारजन्य कसूरमा अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ गरिएको प्रवक्ता प्रदीप कोइरालाले बताए ।