पर्यटन/संस्कृति

टानद्वारा केक काटेर ‘भ्रमण वर्ष- २०२०’ लाई स्वागत

काठमाडौं । ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) ले केक काटेर नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र टानका अध्यक्ष खुम बहादुर सुवेदीले केक काटेर भ्रमण वर्षलाई स्वागत गरेका हुन् ।

सरकारले २० लाख पर्यटन भित्र्याउने उदेश्य सहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष बुधबारदेखि शुरु हुँदैछ । यस राष्ट्रिय अभियानमा टानले मात्रै ८ लाख पर्यटक ल्याउने घोषणा गरेको छ ।

टानको सचिवालयमा सोमबार भएको कार्यक्रममा टानका पदाधिकारीका साथै निवर्तमान अध्यक्ष नवराज दाहलको समेत सहभागीता रहेको थियो ।