राजनीति

सरकारको पश्चगामी र नकारात्कमक कदमका विरुद्ध एकजुट होऔंः प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कम्युनिष्ट नेतृत्वको ओली सरकारले अभिव्यक्ती स्वतन्त्रताको हनन् गर्ने गरी सुचना विद्येक लिएको भन्दै आपक्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले सामाजिक सञ्जालको दूरुपयोगको निहुँ बनाएर यसको सकारात्मक प्रयोग,अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिको गोपनियताको हकमै आघात पार्ने क्रियाकलापतर्फ प्रस्तावित सुचना प्रविधि विधेयक मार्फत सरकार अगाडि बढेको बताएका हुन् ।

साथै उनले सरकारको यस्तो पश्चगामी र नकारात्कमक कदमका विरुद्ध सबैतिरबाट दबाव बढाउनु पर्नेमा जोड दिएका छन् ।

 

उनको ट्वीटरः सामाजिक सञ्जालको दूरुपयोगको निहुँ बनाएर यसको सकारात्मक प्रयोग, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिको गोपनियताको हकमै आघात पार्ने क्रियाकलापतर्फ प्रस्तावित सुचना प्रविधि विधेयक मार्फत सरकार अगाडि बढेको छ। सरकारको यस्तो पश्चगामी र नकारात्कमक कदमका विरुद्ध सबैतिरबाट दबाव बढाऔं ।