राजनीति

डा भट्टराईको प्रश्नः पार्टीको मुखियाले एकलौटि शासन गरे जनताको जनवाद किन भन्नु पर्यो ?

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृत्वको सरकारले एकलौटी शासन गर्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले स्टालीनकालमा झैं पार्टीका केन्द्रीय मुखियाले सबै निर्णय गर्ने भए ‘’जनताको जनवाद’ वा ‘२१औं शताब्दीको जनवाद’किन भन्नुपर्यो ? भन्दै प्रश्न गरेका छन् ।

साथै उनले उही पंचायतकालकै नदी, पहाड र मन्दीरको पहिचानका आधारमा प्रदेश बनाउने भए ‘संघीयता’ किन भन्नुपर्यो ? भनेका छन् । यस्तै भट्टराईले अलिकति विवेक र स्वाभिमान बाँकी भए नेकपाका नेतृत्व सरकारमा रहेकाले आत्मानुभाव गर्नुपर्ने बताएका छन् ।

उनको ट्वीटरः उही पंचायतकालकै नदी,पहाड र मन्दीरको पहिचानका आधारमा प्रदेश बनाउने भए ‘संघीयता’ किन भन्नुपर्यो ? स्टालीनकालमा झैं पार्टीका केन्द्रीय मुखियाले सबै निर्णय गर्ने भए ‘’जनताको जनवाद’ वा ‘२१औं शताब्दीको जनवाद’किन भन्नुपर्यो  ? अलिकति विवेक र स्वाभिमान बाँकी छ भने नेकपाका कणहरूले ममस् भनून् !