राजनीति

संविधान संशोधन गर्नको लागि ठुलो विद्रोह गर्ने उपेन्द्र यादवको दावी

जनकपुरधाम । सरकारवाट केहि दिन अगाडी मात्र बाहिरिएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबार आयोजित युवा संघको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अब सडकमा उत्रिएर बताएका छन् । यादवले उक्त कार्यक्रममा बोल्दै आफ्नो पार्टी सडकमा संघर्ष गरेर अगाडी बढ्ने बताएका हुन् ।

संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकारवाट वाहिरिएका समाजवादी पार्टीका अध्यक्ष यादवले विभेद र असमानता रहेसम्म सडक र संसदमा संघर्ष जारी रहने बताए । अध्यक्ष यादवले संघर्षले नै अधिकार प्राप्त हुने र संघीय प्रणालीलाई समेत मजबुत बनाउने बताए ।

राजपासँग एकताको तयारीमासमेत रहेका समाजवादी पार्टी सरकारवाट वाहिरिएपछि राजपा भने सरकारमा सामेल हुने संकेत देखाउन थालेका छन् । सरकारवाट वाहिरीपछि अध्यक्ष यादवले अब राजपासँग एकता गर्ने पुरै बाटो खुल्ला भएकोस समेत जानकारी दिएका थिए । उनले राजप सरकारमा सामेल भएर आत्मसमर्पण गर्न सक्दैनसमेत भनेका थिए ।

अध्यक्ष यादवले उक्त कार्यक्रममा संविधान संशोधन गर्नको लागि ठुलै विद्रोहको आवश्यकसमेत रहेको बताए । उनले भने, ‘संविधान संशोधन गराउनकै लागि अब सडक र सदन दुबै ठाउँमा संघर्ष गर्छौं ।’